आज १ सय ७ जना संक्रमित थपिए

75

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।  हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here