काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गरेका हुन्। मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको देउवाको सचिवालय स्रोतले जनायो । उनीहरूबीच करिब २० मिनेट कुराकानी भएको थियो। प्रचण्डले जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि आजै भेटेका छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाएर जाने विषयमा चर्चा भइरहेका छन्। प्रचण्डले हालै छिट्टै नयाँ सरकार बन्ने प्रतिक्रिया दिए ।


















