बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल

148
ठेचो । ललितपुर ठेचोस्थित दुरीखेल मैदानमा यही बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर ठेचोस्थित टु सटार क्लवको आयोजनामा सुरु हुने मेयर कप फुटबल प्रतियोगिताको सहआयोज गोदावरी नगरपालिका वडा नं. १२ रहेको छ ।
फुटबल खेलका विजयी टिमलाई १ लाख पुरस्कार राखिएको प्रतियोगिताका उप विजेतालाई ५० हजार नगद पुरस्कार दिइने क्लवका अध्यक्ष रविन्द्र महर्जनले जनाए । उनले भने, ‘कोरोना माहामारीपछि फुटबल खेल निस्क्रिय रहेकोले गोदावरी नगर क्षेत्रमा खेल क्षेत्रको विकाशकाका लागि प्रतियोगिता आयोजना गरिउको हो ।’
अध्यक्ष महर्जनका अनुसार प्रतियोगितामा भाग लिन नगरपालिकाका वडाका टिम हुनु पर्नेछ । हरेक वडाका २ वटा टिमलाई सहभागी गराउने योजना रहेको महर्जनले बताए । उनले भने ‘कम्तिमा २४ टिमले प्रतियोगितामा भाग लिने अपेक्षा छ ।’
प्रतियोगिताको फाइनल खेल जेठ १ गते हुनेछ । प्रतियोगिताको प्रयोजकमा गोदावरी नगरपालिका सहकारी पे र किन्ले रहेको छ । प्रतियोगिता टुस्टार क्लवको २७औं बार्षिकोत्सवको अवसरमा आयोजना गर्न  लागिएको महर्जनले जनाए। क्लवले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here