काठमाडौं । अब पत्रकारहरुले परिचय पत्र नविकरण अनलाइन मार्फत नै गर्न सक्ने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रशारण विभागसँगको समन्वयमा यस्तो सुविधा दिन लागेको हो ।
आइतबार सूचना तथा प्रविधि दिवसको अवसरमा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बोल्दै सञ्चार मन्त्री पार्वत गुरुङले अनलाइन नविकरणको सुरुवात गरिएको जनाएका छन् ।
अब पत्रकारहरुले सूचना विभाग धाउनुनपर्ने अन्त्य भएकाे धारणा राखे । उनले अनलाइन नविकरण पत्रकार तथा पत्रकारीता क्षेत्रकै ठूलो गेमचेन्जर प्रोजेक्ट रहेको मन्त्री गुरुङ्ले जनाए ।

















