कोरोना जितेर घर फर्किनेहरूमा नेपालगन्ज उपहानगरपालिकाका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरी ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए।
यस्तै हिजो शनिबार २५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। शनिबार कोरोना जित्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की १११ वर्षीया महिलासहित २ सय ५० थिए।
बाँकेमा अधिकांश संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्। कोरोना संक्रमण भए स्वास्थकर्मीको सल्लाहबमोजिम सावधानीपूर्वक खानपिनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकहरूले जनाएका छन्।

















