देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण

77

काठमाडौं । देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।

प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।

संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ। ५ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

पुरीका अनुसार कोरोनाको पहिलो लहरमा देशभर ३०० पत्रकार संक्रमित रहेका थिए। जसमध्ये ५ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा २ जना पत्रकारको मृत्यु भइसकेको छ।

दोस्रो लहरमा कोरोनाबाट पत्रकार थप जोखिममा रहेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here