पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

183

कास्की । पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ। कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव हुन थालेकाले अक्सिजन बैंक स्थापना गरेको हो। गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा पोखरामा क्रियाशील विभिन्न सात रोटरी क्लबले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन्।

अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले जनाइन्।

अटो मेकानिकल वर्कसपहरुमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालहरुमा उपलब्ध गराउने गरी अक्सिजन बैँक स्थापना गरिएको उनले जनाइन्।

आपतकालीन अवस्थामा कसैलाई पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै अक्सिजन सिलिण्डर उपलब्ध गराएर आफूहरुको अभियानमा साथ दिन कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आग्रह गरेका छन्।।

‘अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले  मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौं, उनले भने, ‘कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैं।’

रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्यूरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथले अक्सिजन बैँक स्थापनाको अभियान शुरु गरेका हुन्।

गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालहरुमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधिहरु सिलिण्डर खोजीमा जुटेका छन् ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here