जोसुवा र टाइसन फुरीबीचको खेल रद्द

75

काठमाडौं । सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।

उनीहरूले आउँदो अगस्ट १४ मा प्रतिस्पर्धा गर्ने निर्धारित गरिएको थियो। तर, फुरीले अमेरिकी खेलाडी डेनोटी वाइल्डरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले जोसुवासँगके खेल रद्द हुन सक्ने भएको हो।

३२ वर्षे विश्व बक्सिङका हेविवेटतर्फ दुई पटकका च्याम्पियन फुरीले गएको फेब्रुअरी २०२० मा रिसेडिउल गरिएको खेलमा वाइल्डरलाई हराउँदै च्याम्पियनसिपको उपाधि जितेका थिए।

त्यसपछि फुरिले पहिलोपटक जोसुवासँग खेल्ने निर्धारित गरिएको थियो। तर, कोभिड–१९ को महामारीका कारण उनीहरूको फाइट रोकिएको थियो।
सोमबार उनीहरू आउँदो अगस्टमा खेल्नका लागि तयार भए पनि एक अमेरिकी जजले मध्यस्थता गर्दै सेम्टेम्बर १५ अघि फुरिले वाइल्डरसँग तेस्रोपटक खेल्नुपर्ने बताएका छन्।

लामो बहसमा अ‍ेमेरिकी अधिकारीले फुरि र अमेरिकी खेलाडीको खेल पूर्वनिर्धारित रहेको दाबी गरेका छन्। उनीहरूको २०२० जुलाईमा हुनुपर्ने खेल महामारीका कारण स्थगित भएको थियो। त्यसैले त्यो बाउट २०२१ गर्ने प्रस्ताव गरिएको थियो। र, फुरीले सेप्टेम्बर १५ अघि वाइल्डरसँग खेल्नुपर्ने भएमा सायदी अरेबियामा हुने खेल रद्द हुन सक्नेछ।

अमेरिकी जजले वाइल्डरसँगको खेल घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र जोसुवा र फुरीको फाइटको अन्तिम टुंगो लागेको थियो।

टाइसनल फुरीले आफू जोसुवासँग भिड्न लाग्दा खुसी व्यक्त गरेका थिए। कोरोनाभाइरसका कारण खेलपटक खेल स्थगित भएपछि उनले अगस्ट १४ को खेल अवश्य हुने दाबीसमेत गरेका थिए।

उनले खेल्नका लागि उत्साहित भएका बताएका थिए। जोसुवा र फुरि पहिलोपटक भिड्न लागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here