नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख

296

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख पुगेको जनाएको छ।

पछिल्लो समय मोबाइल बैंकिङ कारोबार गर्नेको संख्या बढ्दो छ। साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच बढेको समेत जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजा ७ सय ६५ रहेकोमा २०७७ चैत मसान्तमा १० हजार ५ सय ४६ पुगेको राष्ट्र बैंकले जनाएको छ।

उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या ३ हजा ७२ बाट घटेर २ हजार ८ सय ८१ कायम भएको छ। बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाता संख्यामा वृद्धि भएर ३ करोड ६३ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ। २०७७ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरूको कम्तिमा एक शाखा पुगेको राष्ट्र बैंकको भनाइ छ।  २०७६ चैत्रसम्म यस्तो संख्या ७ सय ४५ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here