महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र

116
KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ

काठमाडौं । हरेक दिन कोभिड–१९  संक्रमितको संख्या डर लाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ।

कोभिडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन्। परीक्षणका क्रममा मंगलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको महानगरपालिकाले जनाएको छ। आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ।

स्वास्थ्य मन्त्रालय र सिसिएमसीले पहिचान गरेका उच्च संक्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण सुरु गरिएको हो। यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ। महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ।’

उनका अनुसार महानगरपालिकाको सहकार्यमा धेरै संक्रमित भएका असन, डिल्लीबजार, न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ।

महानगरपालिकाले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ। गत शनिबारसम्म स्वाब संकलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको महानगरपालिकाले हरेक दिन संक्रमितको संख्या बढ्दै गइरहेकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ।

महानगरपालिकाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको जनस्वास्थ्य महाशाखाले जनाएको छ। महानगरपालिकाकी ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ। उनले भनिन्, ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ।’

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म महानगरपालिकाले नै गर्दै आएको छ। यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन। यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरपालिकाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ।

उक्त सेवा महानगरपालिकाको २३ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन्। कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ। त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ। हाल कामपामा ११ हजार ६३१ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।-RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here