कांग्रेसकाे १४औं महाधिवेशन अनिश्चित

156

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।

उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर ९विवाद भएका बाहेक०मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा छानिएका पुराना प्रतिनिधिबाटै भए पनि एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्न सकिने प्रस्ताव पौडेलले गरेका हुन् ।

‘पार्टी महाधिवेशन नभएको धेरै भयो, वैधानिकताको पनि प्रश्न छ, महाधिवेशन गर्नै पर्छ, कि त टुंगिएका सदस्यबाट महाधिवेशन गरौं,’ उनले भने, ‘कि १३औं महाधिवेशनकै प्रतिनिधि सहभागी गराएर एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गराऔं ।’

पौडेलको धारणापछि सभापति शेरबहादुर देउवाले आफूलाई महाधिवेशन टार्ने रहर नभएको भन्दै सबै विकल्पमा बसेर खुला छलफल गर्न तयार रहेको बताए । ‘बसेर छलफल गरौं, मलाई पनि महाधिवेशन गर्न मन छ, टार्न खोजेको होइन, कोभिड आयो त के गर्ने देउवाले भने, ‘सबै साथी समेटेर महाधिवेशन गरौं, पुराना मात्र समेट्दा नयाँ रिसाउँछन्, छलफल गरौं, कसैलाई बाइपास गर्ने कुरा छैन, अनलाइनबाट पनि सकिन्छ होला ।’ देउवाले महाधिवेशनबारे आफू प्रस्ट रहेको भन्दै आफ्नो प्रजातन्त्रप्रतिको निष्ठामाथि प्रश्न नउठाउन नेता पौडेललाई आग्रह गरे ।

‘म पनि प्रजातन्त्रका लागि लडेको हुँ, प्रजातन्त्रकाविरुद्ध जान्छु होला र उनले पौडेलतिर औंल्याउँदै थपे, ‘म पनि तपाईंसँगै जेलमा परेको मान्छे हो, प्रजातान्त्रिक पद्धतिमा प्रतिबद्ध छु ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सूचना तथा प्रचार विभागले महाधिवेशनमा प्रविधि प्रयोगबारे तयारी गरिरहेको जानकारी दिए । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here