एजेन्सी । भियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारत र बेलायतमा पुष्टि भएको दुई कोरोना भेरियन्टको ‘हाइब्रिड’ उक्त भेरियन्टलाई मानिएको छ ।
दुई विभिन्न भेरियन्टबाट म्युटेन्ट भएका उक्त नयाँ भेरियन्ट अझ खतरनाक भएको जानकारी भियतनामी स्वास्थ मन्त्री न्गुयेन थाङले रोइर्टसमा दिएका छन् । उक्त भेरियन्ट हावाका माध्यमबाट अन्य भेरियन्टको तुलनामा अझ तीव्र गतिमा फैलन सक्ने पनि उनले जनाएका छन् ।
चीनमा देखिएको कोभिड १९, भारतमा कोभिड बी.१.६१७.२ , बेलायतमा कोभिड बी १.१.७ तथा भियतनाम गरी हालसम्म कोरोनाका प्रमुख चार भेरियन्टको पुष्टि भएको छ ।
भियतनामका पुष्टि भएको कोरोना भेरियन्टको नाम भने तोकिसकेको छैन ।

















