काठमाडाैं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ । यसको असरले नेपाल पनि अछुतो हुन सकिरहेको छैन ।
लकडाउनका कारण अहिले समाज प्रत्यक्ष असर पनि परिरहेको अवस्था छ । विश्वकै स्वास्थ्य अर्थतन्त्र क्षेत्र लगायतका क्षेत्रहरु डामाडोल भएको अवस्था छ । यो संगै देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दु:ख कष्टको सामना गर्नु परिरहेको छ ।
यस्तै अवस्था रहेमा देशमा ठूलै संकट आउँछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ भने अर्कोतिर भोकले पनि मर्ने अवस्था आइरहेको छ ।
देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन् ।
गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ मास्टरिङ्ग पनि उनकै रहेको छ ।
सधैं जसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रवि रिमालले यस्पाली केही फरक प्रस्तुति सहित
गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेता भनाउँदाहरुप्रति लछित
सम्पुर्ण नेपालीहरुको सामुहिक आवाज रहेको गायक रिमालले जनाए ।
सुमनकुमार श्रेष्ठको छांयाकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन । एक्यु बिट फ्याक्ट्री र डि सिरिजको प्रस्तुति रहेको भिडियोलाई डि सिरिजकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यस्तो लकडाउनको अवस्थामा पनि आफ्नो अमुल्य समय दिने टिम लगायतलाई मनैदेखि धन्यवाद दिएका छन र सम्पूर्ण नेपालीहरुलाई एक्चोटी गीत सुनिदिन र भिडियो हेरिदिन पनि गायक रिमालले आग्रह गरेका छन ।
https://youtu.be/Atje23A6Poc


















