एजेन्सी । इङ्ग्ल्यान्डका मिडफिल्डर जुडे बेलिङ्घमले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा गराएका छन् । गएराति क्रोएसियाविरुद्ध मैदान उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिनको थियो । उनले नेदरल्यान्डका जेट्रो विलियम्सको रेकर्ड भङ्ग गरेका हुन् ।
जेट्रोले १८ वर्षको उमेरमा सन् २०१२ को युरो कप खेल्दै यो कीर्तिमान बनाएका थिए । बेलिङ्घम इङ्ग्ल्यान्डका लागि कुनै पनि ठूला प्रतियोगिता खेल्ने कान्छा खेलाडीसमेत बने । उनले माइकल ओवेनको कीर्तिमान तोडेका हुन् ।
बेलिङ्घम ८२औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका हुन् । यो खेलमा इङ्ग्ल्यान्डले १–० को जित दर्ता गरेको थियो ।
☑️ Youngest man to appear at a @UEFA EURO
☑️ Youngest man to play for England at a major tournament
A special day for 17-year-old @BellinghamJude 👏 pic.twitter.com/68Tagq9fVv


















