युराेकपकाे ‘ग्रुप अफ डेथ’ खेलमा कस्ले मार्ला बाजी ?

224

काठमाडौं। युरोकप २०२२  अन्तर्गत समूह ‘ई’को एक खेल र समूह ‘एफ’का दुई खेल हुँदैछ। समूह ‘ई’मा स्पेन र पोल्याण्ड खेल्दै छन् भने  समूह ‘एफ’मा पोर्चुगल र जर्मनी भिड्दैछन् भने अर्को खेलमा फ्रान्सले हंगेरीको सामना गर्नेछ। ‘ग्रुप अफ देथ’ नाम दिइएको समूह ‘एफ’का दोस्रो खेलहरु रोमाञ्चक हुनेछन्।

समूह ‘ई’मा स्पेन १ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । पोल्याण्डले कुनै पनि अङ्क प्राप्त गरेको छैन। उक्त समूहमा स्विडेन दुई खेलमा ४ अङ्क सहित पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया दुई खेलमा तीन अङ्क सहित दोस्रो स्थानमा रहेको छ।

स्पनका कप्तान सर्जियो बुस्केट कोरोना सङ्क्रमणमुक्त भएर टोलीमा फर्किएका छन्। स्पेन र पोल्याण्डबीच भएको १० खेलहरूमा स्पेन ८मा विजयी रहेको छ भने १ खेल बराबरी र १ खेलमा पोल्याण्ड विजयी रहेको छ।

समूह ‘एफ’मा फ्रान्स र हंगेरी भिड्दै छन्। फ्रान्स १ खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ भने हंगेरी १ खेलमा अङ्कविहीन रहेको छ। फ्रान्सले पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो भने हंगेरी पोर्चुगलसँग पराजित भएको थियो।

साथै जर्मनी र पोर्चुगलको खेलमा जर्मनीलाई जित्नै पर्ने खेलका रूपमा लिइएका छन् । दुई बीचको खेलमा जर्मनी दबाबमा हुनेछ। पोर्चुगलले आफ्नो खेल जितेमा दोस्रो चरणमा प्रवेश सुनिश्चित गर्नेछ।

पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको यो पाँचौं युरो फुटबल प्रतियोगिता रहेको छ। सन् २००४ देखि लगातार सबै युरोमा सहभागी हुँदै आएका छन्। उनको नेतृत्वमा सन् २०१६को उपाधि पोर्चुगलले जितेको थियो।

नेपाली समय अनुसार शनिवार ६:४५मा हंगेरी र फ्रान्स भिड्दै छन्। त्यसैगरि  ९:४५मा पोर्चुगल र जर्मनी खेल्दैछन् भने आइतबार १२:४५ बजे पोल्याण्डले स्पेनको सामना गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here