फिफाको महिला बरियतामा नेपाल १००औं स्थानमा

87

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।

नयाँ बरियतामा नेपाल १००औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको बरियतामा नेपाल १ सय १औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ।

त्यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन्। त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here