युरो कपमा पोर्चुगलले बेल्जियम र नेदरल्याण्ड्सले चेक रिपब्लिककाे सामना गर्ने

123
{"caption":"u092au094bu0930u094du091au0941u0917u0932u0915u093e u0915u094du0930u093fu0938u094du091fu093fu092fu093eu0928u094b u0930u094bu0928u093eu0932u094du0921u094b u0930 u092cu0947u0932u094du091cu093fu092fu092eu0915u093e u0930u094bu092eu0947u0932u0941 u0932u0941u0915u093eu0915u0941u0964 u0924u0938u094du092cu093fu0930 : u090fu092au0940","photographer":"","alt_text":""}

काठमाडौं । युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्।​ युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुने भएकाे छ ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन्।​ हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुदैछ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ। यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ।​ नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो। नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो।  चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १–० ले  पराजित भएको थियो।

यस्तै आजै हुने अर्को खेलमा स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुने छ। दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ।

बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो।

बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो। दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २–१ ले हराएको थियो। यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको थियो।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो।vसाविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो। पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो। तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ। पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here