काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो ।
यसअघि कोरोनाको कारण २०२०-२१ को सिजनको फाइनल इस्तानबुलाट पोर्चुगलको पोर्टोमा सारिएको थियो । त्यसैले यूईएफले टर्कीको अटाटर्क को ओलम्पिक स्टेडियमलाई २०२३ को फाइनल आयोजना गर्न दिने निर्णय गरेको हो ।
यसअघि सन् २०२३ को फाइनल जर्मनीको म्युनिखमा आयोजना गरिने भनिएको थियो ।त र अम म्युनिखमा २०२५ को फाइनल आयोजना हुनेछ । यस्तै २०२४ को फाइनल भने इंग्ल्यान्डको वेम्बली स्टेडियममै हुने यूईएफएले जनाएको छ ।
युरो २०२० को आयोजना अधिकार गुमाएको आयरल्याण्डको डब्लिनले २०२४ को युरोप लिग फाइनल आयोजना गर्नेछ । यस्तै स्पेनको विल्वाओले २०२४ को महिला च्याम्पियन्स लिग फाइनल र २०२५ को पुरुष युरोपा लिग फाइनल आयोजना गर्नेछ । २०२२ को युरोपा लिग फाइनल स्पेनको सेभियल र २०२३ को युरवपा लिग फाइनल हंगेरीको बुढापेष्टमा आयोजना हुनेछ ।


















