एमाले नेता खनालकाे मिर्गाैला प्रत्याराेपण

155

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको आज बुधवार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एफोलो अस्पतालमा डा। अखिल मिश्रको निगरानी तथा नेतृत्वमा उपचाररत खनालको आज डा। सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।

अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्नुहुने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किनुहुने उहाँको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि गएको असार २ गते भारतको दिल्ली प्रस्थान गर्नुभएको थियो । त्यसअघि नेता खनालको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here