मन्त्रिपरिषद्को बैठकको मुख्य एजेण्डा कुलमान घिसिङ नियुक्ति

277

काठमाडौं ।  मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक आह्वान गरेका हुन्।  बैठक साँझ ५:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी दिइएको छ।

आजको बैठकको मुख्य अजेण्डा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी गराए ।

ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्‍मा यससम्बन्धी प्रस्ताव लैजाने जानकारी एक मन्त्रीले दिए। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने तयारी रहेको ती मन्त्रीले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here