खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारका स्थानीय बासिन्दाले प्रतिरोपनी १० लाखको दरले चलनचल्तीमा बिक्री हुँदै गएको दुई रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेको पूर्वाधार विकास कार्यालयका संखुवासभा प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए ।
खाँदबारी–९ तुम्लिङटारका स्थानीय तिलकबहादुर तामाङ र खड्गबहादुर तामाङले पूर्वाधार विकास कार्यालयलाई दुई रोपनी जग्गा उपलब्ध गराएका थिए ।
कार्यालय प्रमुख सिंहले खाँदबारी–९ तुम्लिङटारको वैद्य गाउँमा पूर्वाधार विकास कार्यालय स्थापना गर्न स्थानीयबाट दुई रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । शुक्रबार तुम्लिङटारका स्थानीय तिलक र खड्ग बहादुरले पूर्वाधार कार्यालयका प्रमुख सिंहलाई दुई रोपनी जग्गा पास गरेर धनीपुर्जा हस्तान्तरण गरेको वडाध्यक्ष टिकाराम कुमालले बताए ।
तुम्लिङटारका स्थानीयले पूर्वाधार कार्यालयसम्म जाने पाँच मिटर चौडाइको करिब दुई किलोमिटर सडकसमेत निःशुल्क उपलब्ध गराएको अध्यक्ष कुमालले जानकारी दिए ।
पूर्वाधार कार्यालयले केही वर्ष अघिबाट जग्गा खोजी गरिरहेको भए पनि निकै पछिमात्र जग्गा पाउन सफल भएको छ ।


















