—राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको उत्पत्तीबारे अझै पनि अमेरिका र चीनबीच द्वन्द कायमै छ । सन् २०१९ को डिसेम्बर महिनाबाट तीव्र रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो ? यो प्रश्न वास्तवमै भन्ने हो भने अनुत्तरित छैन । चीनले पनि स्वीकार गरेको हो । चीनको बुहानमा पहिलोपटक यो भाइरस देखियो । तर चीनले बुहान बाहेक आफ्नो देशका अन्य क्षेत्रमा पैmलिन दिएन र क्षतिबाट देशलाई बचायो । वैज्ञानिक रुपमा भने यो भाइरस चीनबाटै विस्तार भएको हो भन्ने ठोस प्रमाण मिलेको छैन । तर, अमेरिकालगायत पश्चिमा देशहरुले चीनबाट उत्पत्ति भएको दावी गरिरहेका छन् । चीनको प्रयोगशालाबाट आफै फैलिएको हो या बनाइएको हो ? यसबारे पनि बहस चलिरहेको छ, अमेरिकाको दावीलाई मान्ने हो भने चीनको प्रयोगशालाबाटै पैmलिएको हो ।
कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउन निरन्तर वैज्ञानिकहरु लागि परेका छन् । अमेरिकाले ‘ल्याब लिक हाईपोथेसिस’ लाई प्रमाणित गर्न अमेरिकी जो बाइडेन सरकारले उक्त छानविन गर्न गुप्तचर विभागलाई ९० दिनमा भाइरसको उत्पत्ति बारे खबर गर्न आदेश जारी गरेका थिए । तर, भाइरसको उत्पत्तिबारे गुप्तचर विभाग समेतले आफ्नो ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
विश्वका थुप्रै वैज्ञानिकहरुले कोरोना उत्पत्तीबारे निष्पक्ष ढंगले काम गर्न सकेका छैनन् । उनीहरुलाई उत्पत्ति बारे राजनीतिक दबाब अत्याधिक रुपमा परिरहेको जनाइन्छ । वैज्ञानिक स्तरबाट यसको निष्कर्षमा पुग्न आवश्यकतामा जोड पनि दिइएको छ । राजनीतिक दवाव नपर्ने हो भने वैज्ञानिकहरुले अहिलेसम्म यसको वास्तविकता सार्वजनिक गरिसक्दथे । अमेरिकाले चीनलाई दोषी ठहर गर्न आफ्नो हरेक उपायहरु अपनाइरहेको छ । तर पनि अमेरिका यसमा सफल हुन सकेको छैन ।
अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायतलगायत विश्वका २१ देशका वैज्ञानिकहरुको निष्कर्षलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘अहिलेसम्म कोरोनाको उत्पत्तीबारे कुनै ठोस प्रमाण छैन । र, वुहानको ल्याबबाट निस्किएको भन्न पनि मिल्दैन ।’ जर्नल सेलमा प्रकाशित समाचारमा वुहानकोे ल्याबबाट कोरोनाको उत्पत्ती भएको प्रमाण नभएको उल्लेख गरिएको छ । उक्त भाइरस जनावरबाट मानिसमा सरेको कुनै प्रमाण नरहेको पनि उल्लेख गरिएको छ ।
कोरोना भाइरसले विश्वलाई त्रसित बनाइरहँदा यसको उत्पत्तीमा समेत राजनीति चलिरहेको छ । चीनले पनि अमेरिकामाथि आरोप लगाउन थालेको छ । अमेरिकाले धेरै पहिलेदेखि नै कोरोना भाइरस चीनबाट उत्पत्ति भएको विषयलाई स्थापित गर्न खोजिरहेको छ । चीनले विगतमा अमेरिकी सैनिकबाट कोरोना भाइरस चीनमा फैलिएको विषय समेत उठाएको थियो । तर, त्यसको कुनै वैज्ञानिक तथ्य भने भेटिएको छैन ।
कोरोना भाइरसको पहिलो केस चीनमा देखा परेलगत्तै तरंग नै आएको थियो । अमेरिकाले चीनबाट यात्रामा कडाई गरेको थियो । त्यसप्रति चीनले आपत्ती जनायो । तर, पछि चीन आफैले यात्रामा कडाई देखि बन्देज समेत लगायो ।
ट्रम्प सरकारको बहिगमन पछि आएको बाइडेन सरकारले कोरोना उत्पत्तीबारे जेनेटिक डाटाले सही निश्कर्षमा पु¥याउन विश्वास दिएको थियो । रिपब्लीकनले कोरोना उत्पत्तीबारे निरन्तर चीनलाई दोषी ठहराइरहेका छन् । अमेरिकाको आरोप वुहान ल्याबमा छ । तर, उक्त ल्याबका निर्देशकको भनाईलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ — ‘हामीमाथि लागेको आरोपलाई एकपछि अर्को गरि प्रमाणित गर्दै गएका छौँ । यसको फैलावलाई अन्य केही समूहले हावा दिइरहेका छन् ।’
सन् २०१२ मा वुहान ल्याबमा कार्यरत कर्मचारीहरु निकै विरामी अवस्थामा रहेको वाल स्ट्रिट जर्नलले लेखेको थियो । वाल स्ट्रिट जर्नलले कोरोना भाइरसमा भेटिएको आरएटिजी—१३ नाम गरेको जीन सन् २०१२ मा युनान प्रान्तमा मरेका विरामीमा समेत फेला परेको लेखेको थियो । युनान प्रान्तमा मरेका विरामीहरुको रगत संकलन गरिएको थियो । तर, मिल्दो जीन भएपनि कोरोना भाइरससित मिल्न नगएपछि भाइरसको उत्पत्तीबारे मिथ्यामात्र भेटिएको दाबी गरिएको छ । -जनधारणा साप्ताहिकबाट


















