चन्द्रकला थापा 58th World Military Boxing काे दोश्रो राउण्डमा पुगिन्

173

काठमाडाैं । मित्रराष्ट्र रसियाको मस्को (Moscow) मा जारी “58th World Military Boxing Championship-2021” प्रतियोगिताको महिलातर्फ ५७ के.जी. तौल समूहको खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै दोश्रो राउण्डमा पुग्न सफल हुनु भएको व्यहोरा जानकारी गराइन्छ ।

सोही प्रतियोगिता अन्तर्गत महिलातर्फको ५१ के.जी. तौल समूहको खेलमा त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्ग उज्वेकिस्तानकी योकुवोभा अजिजसँग पराजित भएकी छिन् भने ६० के.जी. तौल समूहको खेलमा पुनम रावल रसियाकी एसाट्रेन निउनसँग पराजित भएकी छिन् । साथै, पुरुषतर्फको ४९ के.जी. तौल समूहमा सुशिल थापाले ईरानका खेलाडीसँग आजै प्रतिष्पर्धा गर्ने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here