प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने

78

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ ।

प्रतिस्थापन विधेयकमार्फत यस निम्ति बजेट व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् । यसअघि रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा सालवसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ।

पूर्ववर्ती सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here