एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम जाँदै

83

काठमाडौं। उज्वेकिस्तानमा अक्टोबर २३ बाट ३१ तारिखसम्म हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम आगामी मंगलबार जाने भएको छ ।

पछिल्लो एक महिना देखि तयारीमा रहेको नेपाली टिम नेपालबाट सोझै प्रतियोगिता खेल्न जाने भएको छ । जसका लागि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले केहि दिनमा अन्तिम टिमको नाम सार्वजनिक गर्ने भएका छन । हाल बन्द प्रशिक्षणमा ३२ खेलाडी रहेका छन । जसमा केहि खेलाडी अझैपनि साफका लागि माल्दिभ्समा रहेका छन ।

यो प्रतियोगिताका लागि नेपाली टिम कतारमा क्याम्प राख्ने कुरा चलेपनि अन्तिममा त्यो नहुने भएपछि अब सोझै उज्वेकिस्तान जाने भएको छ ।

छनोट प्रतियोगिताको समुह बी मा रहेको नेपाली टिमले ताजिकिस्तान, लेबनान, इरानसँग खेल्नेछ । जसमा समुह चरणको पहिलो खेलमा नेपालले इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समुहको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।

छनोट चरणमा कुल ११ समुह छुट्याइएको छ । जसको शिर्ष स्थानमा रहने टिमले यू-२३ को एसियन कपमा स्थान बनाउनेछ । दोस्रो स्थानमा रहेन उत्कृष्ट चार टिमले पनि फाइनल चरणमा स्थान बनाउनेछन ।

प्रशिक्षक बालगोपाल महर्जनले केहि दिन अगाडी ४२ खेलाडीबाट ३२ जनामा झारेका थिए ।

नेपाली टिम

आदील हामिद, आशिक थापा, अनिल महर्जन, अविशेक लिम्बु, शिव गुरुङ,नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, दिपेश गुरुङ, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, बुद्ध बल तामाङ, एरिक विष्टऽ अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, रोहित कार्की, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here