तीर्थराज जाेशी
माफिया चोरका नेता डन,गुण्डा हरामका ।
भ्रष्टका हूलका नेता यी नेता बदनामका ।।
छन् कुनै दलका नेता कुनै सिद्धान्त शानका ।
दम्भ पालेर ज्युँदैछन् क्रोधका अभिमानका ।।
बेच्न पाए यिनी बेच्छन् कला,भाषा र सभ्यता ।
बाँकी केही नराखेर हिँड्न थाले कता कता ।।
गल्लीका टोलका नेता घर गाउँ छिमेकका ।
चाहिन्न भिड मान्छेको नेता छन् एक एकका ।।
नेताको क्यै कमी छैन भेटिन्छन् यी थरी थरी ।
खोज्दैछु देशको नेता पाइँदैन कसै गरी ।।


















