प्रधानन्यायाधीशबाट ईजलाश निरन्तरताको अडान, सडकबाट प्रधानन्यायाधीश राणा बिरुद्ध गम्भिर आरोप
काठमाडौं र सर्बोच्च अदालतको अन्यौलताले देशको न्यायपालिका क्षेत्र गम्भिर रुपले प्रभावित भैरहँदा पनि यस्को निकास के हो त भन्ने बारे स्पष्ट रुपमा संकेत भैरहेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा नदिने आफ्नो अडान दोहोर्याएका छन्। अब सर्वोच्च अदालतमा नियमितजस्तै पेसी तोकिने र सुनुवाइ पनि हुने राणाको भनाइ छ।
मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले आफू संविधान बमोजिम नियुक्त भएकाले संविधान बाहिरबाट दिइने दबाब र आन्दोलनले राजीनामा नदिने जनाएका छन्।
आफ्नो पक्ष लिएर नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको आन्दोलनप्रति विरोध जनाउँदै आएका कानुन व्यवसायीलाई राणाले यस्तो जानकारी गराएका हुन्।
संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन हुने राणाले जनाएको भेटमा सहभागी अभियानका संयोजक तथा अधिवक्ता शिव अर्यालले जानकारी सार्वजनिक गराएका छन् ।
अभियानले ज्ञापनपत्र बुझाउँदै १८ दिनदेखि सर्वोच्चका न्यायाधीशहरूको हड्तालका कारण इजलास नबसेको र त्यसबाट सेवाग्राही मर्कामा परेको भन्दै इजलास तत्काल सुचारु गर्न माग गरेको छ।
अभियानका संयोजक अधिवक्ता अर्यालले विभिन्न दबाब र आन्दोलकै आधारमा प्रधानन्यायाधीश राणाले आफू पदबाट नहट्ने कुरा दोहोराएको जानकारी दिए। राणाले अब अदालतका सबै इजलासहरु गठन हुने र निरन्तर चल्ने प्रतिवद्धता जनाउनु भएको अर्यालले जनाएका छन् ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि अप्रमाणित र अनौठा आरोपहरु लगाएर थप बिबादित बनाउने र स्थितिलाई झन जटिल बनाउने काम शुरु भएको छ । यस्तो आरोप पनि चर्चित वरिष्ठ अधिवक्ताबाटै लगाईएको छ ।वरिष्ठ अधिवक्ता शम्ु थापाले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाप्रति ुभाइलाई परिचालन गरी मुद्दामा चलखेल गरेकोु गम्भीर आरोप लगाएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले राजीनामा मागेर आन्दोलन सुरु गरेपछि पनि प्रधानन्यायाधीश राणाले आफ्ना भाइ प्रभु शमशेर राणालाई परिचालन गरेर मुद्दामा चलखेल गराएको थापाको आरोप छ। आफूले विनाआधार आरोप नलगाएको दाबी गर्दै थापाले आवश्यक परे ुकल रेकर्डु उपलब्ध गराउने पनि जनाए । थापाको यस्तो दाबीले प्रधानन्यायाधीश राणालाई थप संकटमा पारेको महशुस भैरहेको छ ।
केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभु शमशेर राणाले ुबार्गेनिङु सुरु गरेको थापाको दाबी छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि यस्ता गम्भिर आरोप प्रमाणित नभए वरिष्ठ अधिवक्तालाई कस्तो सजाय हुने रु कस्ले सजाय गर्ने रु सर्वत्र अन्यौल छ । न्यायिक अराकता बिकसित भैरहेको यो गम्भिर अवस्था हो ।
वरिष्ठ अधिवक्था थापाले दाबी गरेका छन् ९‘प्रधानन्यायाधीशका भाइ प्रभु शमशेरले मुद्दा दर्ता भएदेखि नै बार्गेनिङ गरे। ४ वजे इजलास बस्दै सैनिकको क्षेत्राधिकारसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्नुभयो, तर त्यसपछिको मुद्दा हेर्दा–हेर्दै राख्नुभयो,’ संवैधानिक कानुन व्यवसायी मञ्चले मंगलबार आयोजना गरेको ुन्यायपालिकाको वर्तमान संकट र निकासु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो भनेका हुन् ।
प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दाको सन्दर्भमा उनका भाइ प्रभु शमशेरले ुबार्गेनिङु गरेको थापाको दाबी आरोप छ।
प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए। राणाले आफ्नो एकल इजलासमा २ थान मुद्दाको पेसी तोकेका थिए।
एउटा मुद्दा कर्तव्य ज्यानको कसूर लागेका सैनिक कर्मचारीको मुद्दा सैनिक अदालतमा पठाउने चितवन जिल्ला अदालतको आदेशविरुद्धको थियो। महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाले अन्तरिम आदेश जारी गरेका थिए।
उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको अर्को मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए। प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।
थापा अगाडि दाबी गर्छन् ९ ‘कात्तिक १४ गते प्रधानन्यायाधीश राणाको इजलासमा पेशी तोकिइ हेर्दाहेर्दैमा रहेको मुद्दामा भाइ प्रभु शमशेरले दर्ता भएदेखि हेर्दाहेर्दैमा राख्ने निर्णय हुँदासम्म बार्गेनिङ गरेका छन्, आवश्यक परे कल रेकर्ड दिन सक्छु।’
जिल्ला र उच्च अदालत पाटनले गरेको निर्णयविरुद्ध थुनामा राख्न माग गर्दै आएको निवेदनमा राणाले आफ्नो राजीनामा माग भइरहेको समयमा समेत बार्गेनिङ गरेको थापाको दाबी छ।
प्रधानन्यायाधीश राणाको कात्तिक १४ गतेको इजलासले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको अर्को पेसी कात्तिक ३० गते रहेको छ।
प्रधानन्यायाधीश राणाले ुमनी साइफनिङु गरेको पनि थापाको आरोप छ। राणामाथि राज्यले अनुसन्धान गर्नुपर्ने पनि थापाको माग छ।
‘नेपालका विचौलियाले उठाएको पैसाले अमेरिकामा कसैले पीआर लिएर बसेको र कसैको नाममा ग्यास स्टेशन किनिएको छ, ’ थापाले भने, ‘कसैलाई होटल किनिदिएको र केही पैसा सोही बाटोबाट नेपाल ल्याइएको छ।’
थापाले प्रधानन्यायाधीशको नाममा अर्ब९अर्बको बार्गेनिङ हुने गरेको र करोड घटीको कुरा नै नहुने गरेको थापाको दाबी रहेको छ।
‘ममाथि पनि धेरै दाग लगाउन सक्नुहुन्छ, हिम्मत छ भने लगाउनुस्,’ थापाले चेतावनीको शैलीमा भने, ‘विशेष अदालतबाट सरुवा भएर गएपछि २०६७ सालमा श्रीमती रेजाको नाममा जग्गा पारित भएको थियो। पछि चोलेन्द्र शमशेरको नाममा भएकै हो। भ्रष्टाचार मुद्दामा सफाई दिएको त्यो घुसको नै थियो।’
भैरहवामा लिलाममा गएको कोर इन्स्टुमेन्ट एण्ड माउन्ड प्रालि भाइ प्रभु शमशेरको नाममा लिलाम सकार गरेर पनि देखिएको आरोप थापाले लगाए। ‘यो नयाँ सम्पत्ति सिर्जना गरेको हो। १६ करोड एनसीसी बैंकबाट लिएको देखिन्छ,’ थापाले भने, ‘बानेश्वरमा रहेको भवनको त कुरै नगरौं। उहाँ पहिला पनि धनाढ्य होइन। हिँडेर जाने र हिँडेर आएकै मानिस हो।’
वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणाको इजलासमा पर्ने हेरक मुद्दामा शंका मात्रै हुने गरेको टिप्पणी गरे। ‘पुनरावलोकन परे त्यसैमा बागर्नेनिङ गरेको सुनिन्छ। इजलासमा परेको मुद्दामा खाली शंका मात्र हुन्छ, कसले मिलायो थाहा नै नहुने,’ थापाले भने।
राणाको इजलासमा पर्ने मुद्दाका पक्षले ुयो त पहिला के भइसकेको ९मिलिसकेको०ु भनेर भन्ने गरेको समेत सुनेको थापाले दाबी गरे ।‘उहाँको इजलासमा परेको मुद्दामा यो त पहिला के भइसकेको भनेर पक्षले भनेको समेत सुन्न परेको छ, के हो यो रु’ थापाले भने।
प्रधानन्यायाधीश राणाले यसबीचमा उच्च अदालतका न्यायाधीश नियुक्ति गरेको समेत सुनेको थापाको भनाइ छ। तर, विविध कारणले अहिले सार्वजनिक गर्न नसकेको उनको भनाई छ। यस्ता आरोपहरु प्रमाणित नभए पनि थापालाई कार्वाही हुने अवस्था देशमा अहिले छैन । यो अवस्थाले देशमा अराजकता मौलाएको र कानूनीराज समाप्त हुँदै गैरहेको पुष्टि हुन्छ । जनधारणा साप्ताहिकबाट

















