परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली

186

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला देखि बानेश्वर सम्म ¥याली निकालेको हो । पिस फोर्सको नारामा सेवा, रुपान्तरण र युवा नेतृत्व उल्लेख छ । ¥यालीमा सयौ युवाहरुको सहभागिता रहेको थियो ।

परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने ¥यालीमा सहभागि नेपाल परिवार दलका केन्द्रीय सदस्य रुपसिह भण्डारीले हे बताएका थिए । पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उनीहरुको भनाई थियो । पीस र्फोसका अध्यक्ष रबिन्द्र चौलागाईले महाधिबेसन सफल बनाउन ¥यालीकोे आयोजना गरेको बताए । उनले भने आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न माग गरे । उनले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ चौलागाईले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । चौलागाईले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न पिस फोर्स तयार रहेको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन शान्ति बल नेपालले भूमिका खेल्ने कुरा महासचिव नोइन्द्र खतिवडाल बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here