आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्याे

90

 काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला १२ सय ६० मा रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here