काठमाडाैं । शुक्रबारदेखि सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ ।
साेही उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा वार्षिकोत्सव मनाइएको हो ।
बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरूमा समेत बिभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंङ ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।
सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूः
१) रक्तदान कार्यक्रम – देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरूको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।
प्रदेश नं. १ – बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, फिदिम, धरान
प्रदेश नं. २ – विरगंज, जनकपुर
बागमती प्रदेश – मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्ली
गण्डकी प्रदेश – शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली
लुम्बीनी प्रदेश – भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही
सुदूरपश्चिम प्रदेश – धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर
२) जेहेन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रम – देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरूमा विपन्न तथा जेहनदार छात्रालाई छात्रवृत्ति कार्यक्रमको आयोजना हुन गइरहेको जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरिव तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप रु ५ हजार प्रदान गरिने कार्यक्रम रहेको थियो ।
प्रदेश नं. १ – दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर
प्रदेश नं. २ – पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा
बागमती प्रदेश – बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखु
गण्डकी प्रदेश – आरुघाट, मालिङ्ग क्व्होलासोंथर, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर
लुम्बीनी प्रदेश – विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु
कर्णाली प्रदेश – रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु
सुदूरपश्चिम प्रदेश – जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनी
विविध सेवाहरूको थालनी :
१) प्रायोरीटि बैंकिग सेवाको उद्घाटन
बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरूका लागी झन्झटरहित तथा समर्पित बैंकिंङ सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको छ सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।
२) कल सेन्टर सेवाको उद्घाटन
बैकका ग्राहकहरूको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।
३) मिस्ड कल बैंकिंङ “एक घण्टी झ््याप्प पेमेन्ट” सेवाको शुभारम्भ
केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।
४) सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ
१०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरू अनलाईन मार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।
५) सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को शुभारम्भ
निक्षेपकर्ताहरूको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंङ सेवाको विना झन्झट बचत आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।
त्यसैगरी बैंकमा ५ वर्ष/१० वर्षदेखि अटुट सेवा प्रदान गरेका बैंक कर्मचारीहरूलाई पनि बैंकले अभिनन्दन गरेको छ ।
सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव रु. ८८ अर्व ऋण लगानी गरेको छ ।
बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।
बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

















