घनबहादुर थापाको शब्द रचनामा नयाँ गीत “तिमीलाई नै” सार्वजनिक

119

काठमाडौं ।  गीतकार घनबहादुर थापाको शब्द रचनामा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर रहेको नयाँ गीत “तिमीलाई नै” सार्वजनिक भएको छ । इनाक्षी इन्टरटेनमेन्ट अष्ट्रेलियाको युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा दिपकराज विश्वकर्माको सङ्गीत तथा निर्देशन रहेको छ । भिडियोमा गायक गायिकाद्वय स्वयंले सजीव अभिनय गरेका छन् । केशबराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको श्रङ्गार र अमन बडुको छायाङ्कनमा भिडियो तयार गरिएको ‘तिमीलाई नै’ गीत निर्माण टिमले जानकारी दिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण दृश्य सहित काठमाडौंको धार्मिकस्थल साँखु क्षेत्रमा यस गीतको भिडियो छायाङ्कन गरिएको हो । गीतको भाव अनुसारको दृश्य भिडियोमा कैद गरिएकोले सुमधुर गीतको भिडियो पनि सुन्दर बनेको देख्न सकिन्छ ।

युवायुवतीले प्रेम सम्बन्ध र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गीतमा गरिएको छ । समाजमा सकारात्मक सन्देश जाने शब्द रचना, सुमधुर सङ्गीत, कर्णप्रिय युगल स्वर र रमणीय एवं रमणीय साँखु क्षेत्रको दृश्यले दर्शक, स्रोता एवं जनजनको मनमनमा गीत बस्ने अपेक्षा गरिएको गीतकार थापाले बताए । कर्णप्रिय सङ्गीत र सुन्दर दृश्य सहितको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने आशा थापाले ब्यक्त गरे ।

निकै मन छुने शब्द भएकोले फिल्मी शैलीमा गीतको भिडियो तयार गरिएको निर्देशक दिपकराजले बताए । गीतलाई उच्च प्राथमिकतामा राखेर विशेष मिहिनेत गरी काम गरेको उनको भनाई छ । जसको कारण गीत निकै कर्णप्रिय र म्युजिक भिडियो सुन्दर बनेको उनले बताए ।

अहिले युट्युवमा राम्रो प्रतिक्रिया आइरहेको इनाक्षी इन्टरटेनमेन्टका प्रबन्धक राम कँडेलले बताए । “हाम्रा अन्य गीतले झैँ यस गीतले पनि पक्कै दर्शकको माया पाउँछ”, उनले भने । गीत सार्वजनिक गरेको छोटो अवधिमै म्युजिक भिडियोले सवा लाख भ्युअर पाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here