सुरुङमार्गको निर्माणको लागि एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन

142

काठमाडौं  । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए।

पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्ट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका छन्।

मन्त्री शर्माले स्वार्थअनुकूलका चारवटा सुरुङमार्ग समावेश गरेका छन्। फुस्रेखोला छोरेपाटनदेखि स्याङ्जा गुडीकोला टनेल अध्ययनको लागि ५० लाख, बाग्लुङ ब्यू नरेठाँटी सुरुङमार्ग अध्ययनको लागि ५० करोड, रारा राजमार्गको कुशेपाटन–जाजरकोट ब्याउलीढुंगा र जुम्ला इमिलचा खोला सुरुङमार्गको लागि ५० करोड र सुनमाई राजदुबोल सुरुङमार्ग अध्ययन गर्न ५० करोड रूपैयाँ बजेट समावेश गरेका छन्। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here