नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त

72

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालमा थप २०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा थप २०५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।  यसैगरी पछिल्लाे २४ घन्टामा संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

यससँगै नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।  यस्तै ४३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन्।   नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here