— रिदेन महर्जन
नेपालमा अहिले स्थानीय तहको निर्वाचनका लागि वातावरण तात्दै गएको छ । राजनैतिक दलका नेता कार्यकताहरु चुनावको लागि तयार भैरहेका छन् । आफ्ना पार्टीलाई बलियो बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यसरी हेर्दा राजनैतिक माहोल तातिएको देखिन्छ । तसर्थ राजनैतिक दलहरु अहिले देशमा रहेका यावत समस्याहरु समाधान गर्नेतिर भन्दा पनि स्थानीय तहको चुनाव बहुमतले जित्न कसरत गरिरहेका छन् ।
दलहरुले आ—आफ्नो पार्टीमा नयाँ नेतृत्व चयन गरिरहेका छन् । पार्टीका महाधिवेशनहरु गर्ने काम मै नेताहरु व्यस्त रहेका छन् । बास्तवमा भन्नु पर्दा स्वाभीमानी नेपाली जनता नजागेसम्म राजनीति दलका नेताहहरुले चुनावमा मात्रै विकास निमार्णका ठू—ठूला नारा लगाउने गरेको पाइन्छ । अव फेरि विकास र निर्माणका कुरा चुनावी अभियानमा अवश्य पनि सुनिने छन् ।
स्थानीय चुनाव भएर खासै केही हुने त होइन । नेपालमै रोजगारी सृजना गरी आत्मनिर्भर बन्नु पर्नेमा दलका नेताहरुको ध्यान युवाहरुलाई खाडी र मलेशियातिर पठाउनेमा देखिन्छ । सरकारी स्तरबाटै युवाहरुलाई बिक्री गर्ने काम भइरहेको छ । राजनीतिक दलका नेताहरुले नेपालमै रोजगारी सृजना गरेर युवाहरुलाई विदेश जानबाट कसरी रोक्ने भन्ने तर्पm सोच्नु पर्ने हो । अभैm पनि खाडी मुलुकबाट बाकसमा युवाहरुका लाश आउने गरिरहेका छन् । लाश नपरेपनि नेपालीहरु अंग भंगभई स्वदेश फर्किनु पर्ने अवस्थासमेत देखिएको छ । विदेशमा काम गर्न गएका नेपाली युवाहरु अपाङ्ग भएर नेपाल फर्किएका धेरै छन् । उनीहरुको जीविकोपार्जनका लागि सरकारले व्यवस्था गर्न सक्नुपर्ने हो । तर त्यसतर्पm पनि सरकारको ध्यान पुगिरहेको छैन । दिनानुदिन नेपालीहरुको जनजीवन कष्टकर बन्दै गइरहेको छ, आखिर किन ? ८० लाखको संख्यामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा गएका छन् । उनीहरुले आर्जन गरेर पठाएको पैसाबाट देशको अर्थतन्त्र चलिरहेको छ । त्यो रकमको सदुपयोग गर्दै जाने हो भने देशमा औद्योगिककरणको लहर ल्याउन सकिन्छ । प्रत्येक ६ महिनामा एउटा राम्रो उद्योग स्थापना गर्न सकिने गरी नेपाली युवाहरुले विदेशबाट रकम पठाइरहेका छन् । तर त्यो रकम नेताहरुको उपचार खर्च र नेताहरुको विलाशी जीवनका लागि खर्च भइरहेको छ । यो अवस्थाको अन्त्य नभएसम्म नेपाली युवाहरुले विदेशमा पुगेर जति रकम पठाएपनि नेपालको विकास हुनसक्ने छैन ।
पछिल्ला केही वर्षयता नेपालमा बेरोजगारी समस्या गम्भीर समस्याको रुपमा देखा परेको छ । बेरोजगारीको अन्त्य गर्न उद्योगहरु स्थापना गर्ने पर्छ । तर उद्योग स्थापना तर्पm सरकारको ध्यान छैन । सरकारले विद्युत उत्पादन गरेर देशमा उद्योगको लहर ल्याउन सकिन्छ । त्यसतर्पm पनि सरकारको चासो देखिदैन ।
वि.सं. २०७३ साल साउन १५ मा स्थापना भएको राष्ट्रवादी केन्द्र नेपालले बेरोजगारी समस्या समाधानका लागि जोडदार आवाज उठाएको थियो । राष्ट्रवादी केन्द्रिय महासमितिका सदस्य एवम् युवा अभियन्ता अनिल राणा थारु भन्नु हुन्छ —‘नेपालमा बेराजगारी अन्त्य गराई रोजागरीको ग्यारेन्टी गराउन सरकारले पहल गर्नु पर्ने हो, तर झन विदेश निर्भर अर्थतन्त्र भइरहेको छ । अभैm नेपालमा युवाहरुलाई शैक्षिक योग्यता, दक्षता, सीप, कलाअनुसार स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन जुनसुकै पार्टीको सरकार आएता पनि विफल भएको छ ।’
नेपालमा पहिल्यैदेखि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, माकुने नेतृत्वको एकिकृत समाजवादी, राप्रापा नेपाल, जसपा लगायतका नेपाली राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि मात्र ध्यान दिने गरिरहेका छन् । यी दलहरुलाई नेपाल राष्ट्रको विकास र नेपाली जनताको जीवनस्तर माथि उठाउने सवालमा कुनै सरोकार भएको पाइदैन ।
राजनीतिक दलका नेताहरुले अपराधलाई बढावा दिएका छन्, भ्रष्टाचार र तस्करीलाई बढावा दिएका छन् । आखिर नेपालमा मात्रै किन भइ रहन्छ राजनीति गर्ने नेताहरुले अपराधीलाई बचाउने काम ? विभिन्न दलमा आवद्ध नेता तथा कार्यकर्ता पोसाउने चलन अन्त्य गर्न राजनीतिक दलका कार्यकर्ताहरु जागरुक हुन जरुरी छ । नेताहरुको चाकडी होइन, नेताहरुलाई सत्मार्गमा लगाउने जिम्मेवारी कार्यकर्ताहरुको हो । कार्यकर्ताहरु नै जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले महत्वपूर्ण जिम्मेवारी कार्यकताहरुको हो भन्ने कुरा बुझ्न आवश्यक छ । जनधाणा साप्ताहिकबाट


















