प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित

147

काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस २२ गतेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो । ‘प्रतिनिधिसभाको २२ गतेका लागि आह्वान गरिएको बैठक २८ गते १ बजेसम्मका लागि स्थगित गरिएको छ,’ संसद् सचिवालयका अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षी एमालेले जिल्ला अधिवेशन चलेको भनेर बैठक सार्न आग्रह गर्नुभएकाले स्थगित गरिएको हो ।’

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दैआइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here