डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय

93

काठमाडौं । डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय गरेको छ ।  कोभिड–१९का भाइरसलाई समाजिकरूपमा गम्भीर रोगको रूपमा नरहने डेनमार्कले घोषणा गरेको छ ।

कोभिडलाई वैश्विक महामारी घोषणा गरिएको करिब दुई वर्ष हुन लागेको बेला डेनमार्कले यस्तो घोषणा गरेको हो ।  डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडेरिकसेनले कोरोनाभाइरसका लागि लगाएका अन्तिम बन्देजहरू हटाउन सक्ने भएको जनाएकी छिन् ।  फ्रेब्रुअरी १ देखि सबै बन्देज हटाउने खुलासा गर्दै यस्तो जनाइन ।

विदेशबाट फर्किने कोभिड १९को परीक्षण गर्नुपर्ने प्रावधान मात्र कायम राखिने डेनमार्कका प्रधानमन्त्रीले बताइन् ।  स्वास्थ्य मन्त्री म्यागनस हेउनिकले बन्देज हटाउने यो उपयुक्त समय भएको बताए । उनले सामाजिकरूपले गम्भीर रोगको रूपमा फेब्रुअरी एकदेखि नरहने जनाए ।  डब्लुएचओले जनाएअनुसार डेनमार्कमा महामारी सुरु भएयता ३ हजार ६३५ मृत्यु भएको छ भने १५ लाख संक्रमित भएका छन् । डिसेम्बर २०२०मा संक्रमितको संख्या उच्चस्तरमा पुगेको थियो ।  ८० प्रतिशत डेन्सलाई दुई मात्रा खोप दिइसकिएको छ । आधा जति जनसंख्यालाई बुस्टर खोप पनि दिइसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here