अठार वर्षपछि फेसबुककाे प्रयोगकर्ता घट्याे

69

गत शुक्रबार १८ वर्षको पुगेको सोसल मिडिया प्लेटफर्म फेसबुकको प्रयोगकर्ता अहिले निरन्तर रुपमा घट्दै गएको छ । अग्रणी सामाजिक सञ्जाल फेसबुकले १८ वर्षको इतिहासमा पहिलोपटक आफ्नो डेली एक्टिव युजर्स (डीएयू) को संख्यामा गिरावट दर्ता गरेको छ।

फेसबुक मेटा प्लेटफर्मको स्वामित्वमा रहेको अमेरिकी अनलाइन सामाजिक सञ्जाल सेवा हो। मार्क जुकरबर्ग द्वारा ४ फेब्रुअरी २००४ मा  यसको स्थापना भएको थियो । यो कम्पनीको १८ वर्षको इतिहासमा पहिलोपटक यसका डेली एक्टिव युजर्स संख्या घटेको हो ।

फेसबुक इन्टरनेट जडान भएका उपकरणहरू, जस्तै व्यक्तिगत कम्प्युटर, ट्याब्लेट र स्मार्टफोनहरूबाट पहुँच गर्न सकिन्छ। दर्ता गरेपछि, प्रयोगकर्ताहरूले आफ्नो बारेमा जानकारी प्रकट गर्ने प्रोफाइल सिर्जना गर्न सक्छन्। तिनीहरूले पाठ, तस्बिर र मल्टिमिडिया पोस्ट गर्न सक्छन् जुन अन्य कुनै पनि प्रयोगकर्ताहरूसँग साझेदारी गरिएको छ जसले तिनीहरूको ूमित्रू वा फरक गोपनीयता सेटिङहरू सार्वजनिक रूपमा स्वीकार गरेका छन्।

फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवर्क (पहिला यसलाई फेसबुकको नामबाट चिनिन्थ्यो)ले २०२१ को अन्तिम त्रैमासिकमा यसका एक्टिभ युजर्स १९३ करोडबाट घटेर १९२.९ करोड भएको जानकारी दिएको छ । तथापि, फेसबुकका कुल युजर्सको संख्यामा १० लाख गिरावट आउनु खासै ठूलो कुरा होइन । मुख्य कुरा त के हो भने, पछिल्ला १८ वर्षमा पहिलोपटक यसका प्रयोगकर्ता घट्न थालेका छन् ।

युजर्सको संख्या घटेको असर यसको सेयरमा पर्न गएको छ । अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा गत बिहीबार मेटा नेटवक्र्सको सेयरमा करिब २७ प्रतिशत गिरावट आएको छ । यसबाट कम्पनीको बजारमूल्य करिब २३७ अर्ब डलर घटेको छ । अमेरिकामा अहिलेसम्म एकैदिन कुनै पनि कम्पनीको सेयरमूल्य यति धेरै घटेको छैन ।

फेसबुकको मूल कम्पनी मेटा नेटवक्र्सका अनुसार डिसेम्बरको अन्त्यसम्म तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९२९ बिलियनमा झरेको छ । जबकि योभन्दा अघिल्लो त्रैमासिकमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९३० बिलियन थियो ।

कम्पनीले टिकटक र युट्युब जस्ता प्रतिस्पर्धीको तुलनामा कर्माको दर समेत कम भएको आशंका गरेको छ । साथमा विज्ञापन कम्पनीहरुले पनि आफ्नो खर्चमा कटौती गरिरहेका छन् । न्यूयोर्कमा आफ्टर आवर्स ट्रेडिङमा मेटाको शेयर मूल्यमा २० प्रतिशत भन्दा धेरैको गिरावत आएको छ ।

मेटाको शेयर मूल्यमा भारी गिरावटका कारण कम्पनीको शेयर बजार मूल्यमा २ खर्ब डलर भन्दा धेरैको नोक्सानी भयो । ट्वीटर, स्न्यापच्याट र पिन्टरेस्ट सहित सोसल मिडिया प्लेटफर्मको शेयर मूल्यमा पनि तीब्र गिरावट आएको छ ।

किन घट्यो सेयरमूल्य ?

Phone pay news.JPG

मेटाका सीईओ मार्क जुकरबर्गका अनुसार, खासगरी युवा प्रयोगकर्ता टिकटक र युट्युबतर्फ आकर्षित हुन थालेकाले कम्पनीको सेल्स ग्रोथमा असर परेको हो । साथै, यसका विज्ञापनदाता पनि निरन्तर लगानीमा कटौती गरिरहेका छन् ।

कम्पनीका मुख्य वित्तीय अधिकारी डेव वेनर भन्छन्, ‘प्रतिस्पर्धी सेवामा आएको वृद्धिको नकारात्मक असर हामीमा पर्न थालेको छ । यस्तो अवस्था खासगरी युवा दर्शकमा परेको देखिन्छ ।’ गत वर्ष अक्टोबरमा फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको थियो । जुकरबर्ग अब मेटावर्स टेक्नोलोजीको विकासमा केन्द्रित हुन चाहिरहेका छन् ।

जल्दोबल्दो टिकटक

Phone pay news.JPG

गुगलपछि संसारमा सबैभन्दा ठूलो एड्भर्टाइजिङ प्लेटफर्म मेटाले एपलको अपरेटिङ सिस्टमको प्राइभेसी सेटिङ्समा परिवर्तनको असर अहिले परेको हो । वेनर भन्छन्, ‘यो परिवर्तनबाट अब कुनै पनि ब्रान्डका लागि फेसबुक र इन्स्टाग्रामका युजर्ससम्म आफ्नो विज्ञापन पु¥याउनु र त्यसपछि संख्या पत्ता लगाउनु निकै कठिन काम बनेको छ ।’ उनका अनुसार यसबाट यो वर्ष करिब १० अर्ब डलरको अर्डर प्रभावित हुन सक्नेछ ।

मुख्यतः विज्ञापनको बिक्रीबाट मेटाको आय वृद्धि भएर ३३.६७ अर्ब डलर पुगेको छ । यो रकम अपेक्षाभन्दा केही बढी नै हो । कम्पनीले मौजुदा त्रैमासिकमा उसको राजस्व २७ देखि २९ अर्ब डलरको बीचमा रहन सक्ने जनाएको छ, यो अनुमानभन्दा कम हो ।

उता, टिकटकले सेप्टेम्बरमा भनेको थियो कि, उसका कुल एक्टिभ युजर्स सय करोड पुगेका छन् । सानासाना भिडियोका लागि तयार पारिएको यो वेबसाइट चीनको बाइटडान्स कम्पनीको हो ।

सोसल नेटवर्किङ वेबसाइटको कुरा गर्दा, टिकटकका युजर्सको वृद्धिदर शानदार रहेको देखिन्छ । आजभन्दा चार वर्षअघि जनवरी २०१८ मा टिकटकका युजर्स ५।५ करोड थिए । एकै वर्षपछि युजर्स बढेर करिब २७ करोड पुगे र अर्को एक वर्षमा त यो संख्या ५०।७ करोडसम्म पुग्यो ।

टिकटकको बढ्दो प्रसिद्धिसँग प्रतिस्पर्धा गर्न अहिले फेसबुक र उसको सहयोगी प्लेटफर्म इन्स्टाग्रामले पनि सानासाना भिडियो बनाउने कार्यमा लगानी गर्न थालेका छन् । भिडियो बनाउनु र भर्चुअल रियालिटीको विकासमा ध्यान दिनाले सकारात्मक नतिजा मिल्ने जुकरबर्गको विश्वास छ ।

तर जुकरबर्गले आफ्नो कम्पनी टिकटकसँग प्रतिस्पर्धा गर्न इच्छुक नरहेको बताएका छन् । उनले आफ्नो कम्पनीका कामदार शानदार ढंगमा अघि बढिरहेको र प्रोडक्टमा तीव्र गतिमा परिवर्तन आइरहेको बताए ।

जुकरबर्गको विश्वास र उस्तैखालका प्रोडक्टसँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको उनले बताए पनि फेसबुक अब पहिलो जस्तो लोकप्रिय नरहेको कतिपय प्रविधि विश्लेषकको भनाइ छ । पहिला पनि कम्पनीको युरोप र अमेरिकामा विकास गति सुस्त भएको थियो, तर अन्यत्र युजर्स बढ्दै गएका कारण त्यसमा ध्यान दिइएको थिएन ।

अब त मेटाले नै टिकटकका कारण आफ्नो कारोबारमा फरक परिरहेको स्वीकारेको छ । अर्को कारण लगानीकर्ताहरू मेटाको विषयमा पनि उत्तिकै चिन्तित छन् । मेटावर्समा केन्द्रित हुन आफ्नो नाम नै परिवर्तन गरियो, तर यसको विकास हुन अझै लामो यात्रा गर्नुपर्नेछ ।

केवल जुकरबर्ग र प्रविधि विकासका लागि अर्बौं डलर लगानी गर्ने निर्णयमा पुग्नु खतरनाक पनि हुन सक्ने कतिपयको मूल्यांकन छ । मेटाको समस्या समाधानको एउटै उपाय उसले टिकटक खरिद गर्नु रहेको बताउने विश्लेषक पनि उत्तिकै छन् । तर अमेरिकाको कम्पिटिसन ल र नियमनकारी निकायले यसो गर्न दिने छैन ।

अब त सिलिकन भ्यालीका कतिपय मानिस फेसबुकलाई विषालु ब्रान्ड मान्न थालेका छन् । अब फेसबुकमा काम गर्नु पहिलाको जस्तो नरहेको उनीहरूको भनाइ छ । त्यहाँ क्षमतावान् मानिसको प्रवेश र टिकाइ नै कठिन हुन थालेको छ । हुन सक्छ, आगामी दिनमा मेटाले थप खतरनाक अवस्थाको सामना गर्नुपर्नेछ । अहिले त केवल उसको कठिनाइ आरम्भ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here