अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुग्याे

82

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो।  ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको छ।

२४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षणबाट ५२१ जनामा संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो।  आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार २४ घण्टामा तीन हजार ९३५ जना डिस्चार्ज हुँदा कोरोनाले १० जनाको मृत्यु भएको छ।  अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुगेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here