सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुने

78

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका छन् ।

आफूहरूलाई कुनै सल्लाह नगरी बोलाइएकोले बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराए । ‘कुनै सल्लाह नगरी बोलाइएकोले अध्यक्षले नजाने भन्नू भएको छ’, भट्टराईले  जनाए।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ । सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here