फुटबलर मनिष डाँगी डिस्चार्ज

187

काठमाडौं । मछिन्द्र फुटबल क्लबका खेलाडी मनिष डाँगी उपचार पछि डिस्चार्ज भएका छन्।   सहिद स्मारक ए डिभिज लिगको शनिबार भइरहेको खेलको क्रममा डाँगी घाइते भएका थिए। उनी मैदान प्रवेश गरेको ३ मिनेट नबित्दै हेडिङ गर्ने क्रममा च्यासल यु क्लबका डिफेन्डर एनिक कैचासँग ठोकिन पुगेका थिए। सो क्रममा उनको टाउको र छाती भुइँमा बजारिएर घाइते भएका थिए।  त्यसपछि उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो। डाँगीको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा हेमभ राजभण्डारी, डा राजेन्द्र श्रेष्ठको टिमले उपचार गरेका थिए।

उनले स्वास्थ्य अवस्था सामान्य भएपछि मंगलबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here