कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने

88

काठमाडाैं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको जनाए।

‘मधेशका जिल्लाहरूबाट निधिको जन्मदिनमा नगरौं भन्ने कुरा आयो। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि सार्दा हुन्छ भनेपछि दुई दिन सारेका हौं,’ रिजालले भने।उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।  मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here