काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने भएको छ। बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय भएको लोसपा सांसद् एकवाल मियाँले जानकारी गराए। प्रतिनिधि सभामा लोसपाका १३ सांसद् छन्।
लोसपाले आफ्ना सांसद्हरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन समेत दिएको छ। “संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ” सांसद मियाँले भने, “१२ फागुनको प्रतिनिधि सभा बैठकमा उपस्थितिमा लागि ह्विप समेत जारी भएको छ।”

















