युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा

117

काठमाडौं-  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।

बिहीबार पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनका कतिपय स्थानमा बमबारी भइरहेको बीबीसीले जनाएको छ।

पुटिनको घोषणासँगै तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।

जारी तनावको असर एशियाली सेयर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ।

बीबीसीका एशियाली व्यापार संवाददाताका अनुसार लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ लाग्न थालेका छन्।

सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here