रुस युरोपमा ठूलो युद्धको तयारीमा छ, तर हामी शान्ति चाहन्छौँ : युक्रेनी राष्ट्रपति

104

 एजेन्सी । रुसले युरोपमा ठूलो युद्धको तयारी गरेको चेतावनी युक्रेनका राष्ट्रपतिले दिएका छन्।

दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राज्यको मान्यता प्रदान गरी त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत गरेको उनको भनाइ छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको प्रस्तावको जवाफ रुसी राष्ट्रपतिले नदिएको बताएका छन् । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमणलाई स्वीकृत गरेको उनले बताए ।

रुसले युक्रेनको सीमा क्षेत्रमा करिब दुई लाख सैनिक तैनाथ गरेको जेलेन्स्कीको भनाइ छ । बुधबार अबेर टेलिभिजन सम्बोधन मार्फत युक्रेनी नागरिकको चाहना शान्ति रहेको बताए । युक्रेनी अधिकारी पनि शान्तिको खोजीमा रहेको उनले बताएका छन् । उनले रुसी नागरिकलाई सिधा सम्बोधन गरी शान्तिको कामना गरेका हुन् ।

रुसले युक्रेनको भूमिमा सैनिक तैनाथ गर्नु युरोपमा ठूलो युद्धको तयारी रहेको उनले बताएका छन् । डोन्बास क्षेत्रका दुई ठाउँलाई रुसले दिएको स्वतन्त्र मान्यता जेलेन्स्कीले खारेज गरेका छन् ।

जेलेन्स्कीले रुसलाई चेतावनी दिँदै भने, ‘यदी उनीहरुले आक्रमण गरे, यदी उनीहरुले हाम्रो देश लिने प्रयास गरे, हाम्रो स्वतन्त्रता लिन खोजे, हाम्रो जीवन लिन खोजे, हाम्रा बालबालिकाको जीवन लिन खोजे भने हामीले हाम्रो भूमि र जीवनको रक्षा गर्ने छौँ ।’

उनले चेतावनी दिँदै अघि भने, ‘यदी तिमिहरु (रुस) ले आक्रमण ग¥यौ भने हाम्रो पिठ्यूँ होइन अनुहार देख्ने छौँ ।’

जेलेन्स्कीले रुसी नागरिकलाई उनीहरुका राष्ट्रपतिलाई युक्रेनमा युद्ध रोक्न दबाब दिन आग्रह गरेका हुन् । युद्ध भएमा दशौँ हजार वा लाखौँको रगत बग्न सक्ने भन्दै त्यसलाई रोक्न रुसी नागरिकसँग जेलेन्स्कीले अपिल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here