नायक बिशाल बिष्ट म्युजिक भिडियोमा व्यस्त निर्देशनमा व्यस्त नायक बिशाल बिष्ट किरण र पवित्रा अभिनित ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न नायक बिशाल बिष्टको निर्देशनमा बनेको गायक पूर्ण सापकोटाको ‘केवल एक नजरमा’को छांयाकन सम्पन्न काठमाण्डौ, फागुन २० लामो समयदेखि नेपाली चलचित्रमा कृयाशील नायक बिशाल बिष्ट आजभोली चलचित्र निर्माण र म्युजिक भिडियो निर्देशन र निर्माणमा व्यस्त छन । उनकै निर्देशनमा हालै एउटा ‘केवल एक नजरमा’ बोल रहेको नयाँ म्युजिक भिडियोको छांयाक्न सम्पन्न भएको छ । छिट्टै नै बजारमा सार्वजनिअक गरिने हुने सो भिडियो को गीतमा स्वर संगीत पूर्ण सापकोटाको रहेको छ भने गीतको रचना सुभाष गौतमले गरेका हुन । एक प्रेमीले आफ्नो मनपर्ने प्रेनिकालाई एकै नजरमा मनपराउने कथामा आधारित उक्त भिडियोमा किरण गुरुङ र पवित्रा गुरुङको अभिनय रहेको छ । झापाको रमाणीय स्थानहरुमा छांयाकन सम्पन्न गरिएको उक्त म्युजिक भिडियोलाई दर्शकश्रोताले आफ्नो पहिलेको कामलाई झैँ मनपराइदिने कुरमा निर्देशक बिष्ट विश्वस्त छन ।


















