सुनको भाउ आज प्रतितोला १ लाख रुपैयाँभन्दा माथि

98

काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ४०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here