काठमाडाैं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘वान टु वान’ लड्न चुनौती दिएका छन् ।
टेस्ला र स्पेसएक्सका सीईओ तथा संस्थापक मस्कले पुटिनलाई सिंगल लड्न चुनौती दिएका हुन् । उनले भ्लादिमिर पुटिनलाई सिंगल लडाईं गर्न चुनौती दिएको विवरण रुसी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डललाई ट्याग गर्दै भने, ‘के तपाईं यस्तो लडाईंको निम्ति सहमत हुनुहुन्छ ?’
उता युक्रेनका डिजिटल ट्रान्सफरमेशन मन्त्री मिखाइलो फेदोरोभले मस्कको ट्वीटको समर्थन गर्दै उनले चाहे भने पुटिनलाई वृहस्पति ग्रहमा पुर्याइदिन सक्ने विश्वास व्यक्त गरेका छन् ।


















