रूसी हमलाबाट युक्रेनमा ८४७ सर्वसाधारणकाे ज्यान गयाे

67

काठमाडौं । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण ज्यान गएकाे छ ।

राष्ट्रसंघीय मानवअधिकार  उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ ।  देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाख भन्दाबढी मानिस युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here