अमेरिकाद्वारा युक्रेनलाई हाइअल्टिट्युड हवाई सुरक्षा प्रणाली प्रदान गर्दै

139

युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग छलफल भइरहेको अमेरिकाले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका जोन किर्बीले युक्रेनलाई माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको ‘हाइ–अल्टिट्युड एअर डिफेन्स’ प्रदान गर्नेबारे विभिन्न देशसँग छलफल भइरहेको बताएका हुन् ।

अमेरिकाले अहिलेसम्म युक्रेनलाई ‘स्टिन्जर म्यान–पोर्टेबल एन्टी–एअरक्राफ्ट’ युक्रेनलाई प्रदान गरेको छ । यो सुरक्षा प्रणाली हेलिकप्टर र तल्लो तहमा उड्ने विमानका लागि प्रकारी हुन्छन् ।

तर माथिल्लो क्षेत्रमा आक्रमण गर्ने लडाकु विमानका लागि यो प्रणाली प्रभावकारी हुँदैन । अब भने अमेरिकाले माथिल्लो क्षेत्रमा हुने आक्रमणका लागि प्रयोग हुने लडाकु विमानलाई निशाना बनाउन सक्ने सुरक्षा प्रणाली दिनेबारे छलफल गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here