नेपाल थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा पराजित

57

काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। थाइल्याण्डका लागि फिलिप  रोलरले ७८ औँ र चाओवाट विराचार्टले ८९ ‍औँ मिनेटमा गोल गरेका थिए।

नेपालले एएफसी एसियन कप छनौटअन्तर्गत आफ्नो तेस्रो चरणको खेलअघि थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here